इटहरीः गत चैत्र ४ गते कतार एयरवेजबाट नेपाल घर आएका सुनसरी इटहरी उपमहानगर वडा नं. २ का मनोज राईलाई प्रयोग गरी भ्रम नफैलाउन इटहरी प्रहरीले अनुरोध गरेको छ ।
केही समय देखि इटहरी २ निवासी डुल्लु राईको छोरा मनोज राई कारोना आशंकामा घर बाहिर हिडिरहेको भन्दै केही व्यक्ति र मिडियाले सामाजिक सञ्जालमार्फत प्रचार गरिएकोमा इटहरी प्रहरीले आपत्ति जनाएको छ । प्रचार गरिए जस्तो वास्तबिता नभएकाले भ्रमका पछि लागेर नहिड्न इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले बताए ।
उनले यर्थाथ बुझेर मात्र संक्रमणको समयमा लाग्न सबै पक्षलाई अनुरोध गरेका छन् । गलत सूचना प्रवाह गर्दा इटहरीबासीमा त्रास बढेको जनाउदै भण्डारीले राई प्रहरीको सम्पर्कमै रहेको बताए ।
भण्डारीका अनुसार राई अहिले काठमाण्डौंमा रहेको र उनको काठमाडौंको टेकु अस्पतालमा कोरोना भाईरस भए नभएको चेक गराए सकिएको छ । उनको रिर्पोट नेगेटिभ आएको पनि उनले बताए । राईका परिवारसंग पनि प्रहरीले कुराकानी गरिसकेको र उनी घरमा लुकेर नबसेको भण्डारीले स्पष्ट पारेका छन् । प्रहरीका अनुसार राई कोरोना संक्रमित बाग्लुङकी महिलासँगै एउटै फ्लाईटमा कतारबाट नेपाल आएका थिए ।