इटहरीः कवि नवराज पराजुली भोलि इटहरीमा सुनिदैछन् । लियो क्लब अफ इटहरीले आयोजना गरेको एकल कविता कन्सर्टमा पराजुलीले आफ्ना सृजना संगीतमय तवरले प्रस्तुत गर्ने लियो क्लबका पूर्व अध्यक्ष युवराज काफ्लेले जानकारी दिए ।

पराजुलीको यस अघि पनि इटहरीमा एकल कविता वाचन कार्यक्रम सम्पन्न भइसकेको छ । पछिल्लो समय फरक धारमा कविता भन्ने अलग्गै पहिचान बनाएका पराजुली देश विदेशमा कविता कन्सर्टमा सहभागी हुन पुग्छन् ।

इटहरीको कस्तुरी कलेजमा हुने कार्यक्रममा कविता सुन्नकै लागि दर्शक टिकट काटेर पुग्नेछन् । दुइ वर्ष अघि फाइन प्रिन्टद्धारा प्रकाशित पराजुलीको सगरमाथाको गहिराई कविता संग्रह चर्चित पुस्तक हो । उक्त पुस्तककले पद्मश्री पुरस्कार पाएको थियो भने मदन पुरस्कारका लागि छनोटमा समेत परेको थियो ।