विराटनगरः ललिता निवास प्रकरणमा अख्तियार सरकारको लाचार छायाँ बनेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज पनि संसदमा अवरोध पुर्याएको छ । निर्धारित समय भन्दा झण्डै२० मिनेट ढिला गरी शुरु भएको बैठकको कारवाही प्रारम्भ हुनेबित्तिकै काँग्रेसका सदस्यले उठेर विरोध जनाएका थिए ।
सभामुख प्रदीप कुमार भण्डारीले संसदको कारवाही अघि बढाउने खोज्दा काँग्रेसका सांसहरुले आसनग्रहण गर्न मानेनन् । भण्डारीले पटक पटक बस्न आग्रह गर्दापनि विपक्षी दलका सांसहरु बस्न नमानि उभिएरै विरोध जनाइरहे । सभामुख भण्डारीले प्रतिपक्षले उठाएको विषय अदालतमा गइसकेकाले प्रदेशसभाबाट निरुपण नहुने स्पष्ट पार्दै सभाको सर्वोच्चतालाई कायम राख्न प्रमुख प्रतिपक्षी दलको पुनःध्यानाकर्षण गराएका थिए । तर विपक्षीले नमानेपछि आजको बैठक सुचना टाँस गरि स्थगित भएको छ ।
प्रदेशसभाको अर्को बैठक यही माघ २८ गते१ बजे बस्ने जानकारी दिइएको छ । उद्योग, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले ‘प्रदेशको वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेका विधेयक’ प्रदेशसभा पेश गर्न कार्यक्रम भए पनि संसद अवरोध भएका कारण उक्त विधेयक टेवल हुन पाएन ।