भोजपुर: भोजपुर र संङ्खसवासभाको बिचमा पर्ने सतिघाट स्थीत अरुण नदिमा राखिएको फेरी आजबाट सञ्चालनमा आएको छ ।
आईतबार भोजपुरका संघीय सांसद सुदन किरातीले एक कार्यक्रमका अबसर पारी फेरीको उद्घाटन् गरेका हुन् । षडानन्द नगरपालिकाका जनप्रतिनिधि तथा स्थानीयबासीहरुको उपस्थितीमा उद्घाटन् गरिएको हो ।
फेरी निमार्णको लागि संघीय सांसद क्षेत्र बिकास कोषबाट ७५ लाख, प्रदेश सांसद क्षेत्र बिकास कोषबाट ७५ लाख र षडानन्द नगरपालिकाको ५५ लाख रुपैंया जम्मा २ करोडको लागतमा फेरी निमार्ण गरिएको हो । यस अघि खाँदबारी देखि भोजपुर सिधा सडक निमार्ण भएपनि नदिमा पुल नभएकाले वारीका सवारी वारी नै पारीका साधन पारी नै रहने गरेका थिए । अब भने सिधा यातायात जोडिएपछि स्थानीय बासी खुसी भएका छन् ।
फेरीको उद्घाटन् गर्दे सांसद किरातीले भोजपुर संङ्खुवासभाका नागरिकले यात्राको क्रममा पाएको दुखको अन्त्य भएको बताए । मोटरेबल पुल नहुँदा नागरिकले पाएकको सास्ती देखेर आफुहरुले फेरी मात्र भएपनि निमार्ण गरी नागरिकलाई सहज भएको जानकारी दिए । उद्घाटन् गरिएको फेरीका लागि ३ जना अपरेटर राखिएको षडानन्द नगरपालिकाका मेयर बिरबल राईले बताए । उक्त अपरेटरलाई फेरी प्रयोगकर्ताबाट केही राजश्व र नगरपालिकाबाट तबलको ब्यबस्था गरिने मेयर राईले बताए ।