इटहरीः नेपाल विद्यार्थी संघ (नेविसघं)को इतिहासमा पहिलोपटक सुनसरीले सभापति पाएको भन्दै इटहरीमा दीपप्रज्वलन भएको छ । आज साँझ इटहरी चौकमा भएको दीपप्रज्वलनमा नेपाल विद्यार्थी संघ तथा स्ववियुका विभिन्न नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

नेविसघं त्रिभुवन विश्वविद्यालय समितिका सहसचिव रोहित काफ्ले, सप्तकोसी बहुमुखी क्याम्पस बराहक्षेत्रका स्वबियु सभापति प्रतीक राई, नेविसघ सुनसरीका नेता प्रमोद भट्टराई तथा नेविसंघ जनता बहुमुखि क्याम्पस इटहरीका सभापति सहदेव काफ्ले लगायतको उपस्थिति भएको थियो ।

नेबिसंघ केन्द्रले नयाँ नेतृत्व पाएको र आसन्न स्वबियु चुनावमा ऊर्जा मिलेको भन्दै दीपप्रज्वलन गरिएको नेविसंघ सुनसरीका नेता प्रमोद भट्टराईले बताए। दीप प्रज्वलन कार्यक्रम आयोजक समेत रहेको नेविसंघ जनता क्याम्पस सभापति सहदेव काफ्लेले राजिव ढुङ्गाना जस्तो शालीन सभापति नेविसंघले पाएर नेविसंघ केन्द्र देखी तल्लोतह सम्म सकारात्मक सन्देश गएको बताए ।

nepal student union sunsari pradeshportal.com rajib dhungana birat anupam

 

को हुन राजिव ढुङ्गाना?

राजिव ढुङ्गाना इटहरी ४ निवासी नेपाली काँग्रेसका पुराना नेता हुन । उनी विद्यार्थी राजनीतिमा आउनु अगाडिनै पञ्चायत कालमा काँग्रेसमा आबद्ध थिए । २०४३ सालमा तत्कालीन प्रनेका (प्रतिबन्धित नेपाली काँग्रेस)सँग जोडिएका ढुङ्गाना नेपाल विद्यार्थी संघ सुनसरी सदस्य देखी नेपाल विद्यार्थी केन्द्रीय पदाधिकारी सम्म भएका थिए । नेविसंघ केन्द्रमा सदस्य, कोषाध्यक्ष, हुँदै उपसभापति सम्म भएका ढुङ्गाना आजबाट औपचारिक रूपमा सभापति भएका छन् ।

rajip dhungana pradeshportal
हालसम्म कुनै सार्वजनिक पदमा नपुगेका ढुङ्गाना २०४६ सालमा नेपाल विद्यार्थी सङ्घ सुनसरी सदस्य, विश्वप्रकाश शर्मा नेतृत्व कालमा नेविसंघ केन्द्रीय सदस्य, २०६४ सालमा कल्याण गुरुङ नेविसंघ अध्यक्ष हुँदा ढुङ्गाना कोषाध्यक्ष र २०६६ सालमा प्रदीप पौडेल अध्यक्ष हुँदा उनी उपाध्यक्ष भएका थिए ।

आफ्नै ब्याचमा नैनसिंह महर अहिले नेविसंघ सभापति हुँदा, जीतजङ्ग बस्नेत तरुण दल अध्यक्ष हुँदा र अन्य थुप्रै आफ्नै समकक्षी बराबरका व्यक्तिहरू विभिन्न राजनीतिक पदमा पुगेपनि ढुङ्गाना भने लोप्रोफाइलमै थिए । आजबाट उनी नेविसंघ सभापति भएर आफ्नो मात्रै हैन सुनसरी जिल्लाकै नेविसंघमा प्रोफाइल माथि पुर्याएको नेविसंघ सुनसरीका उपसभापति सुभेक्च्छुक देवान बताउँछन् ।  ।