भोजपुरः भोजपुुरको आमचोक गाँउपालिका र उदयपुरको चौदण्डीगढी गाउँपालिका जोड्ने रानीटारस्थित दुुध कोशी नदीको पुल बनाउने ठेक्का २०७१ सालमा लाग्यो । खोटाङ र भोजपुरका अधिकाँश भागलाई तराई जोड्ने सहज छोटो बाटो भएको हुँदा पुल पहिलो आवश्यता थियो । भोजपुर सडक खण्डमा पिच हुन ठेक्का पनि लागि सक्यो । तर, रानीटारको पुल कहिले बन्ने हो अत्तोपत्तो छ्रैन ।
भोजपुर आमचौक गाउँपालिकाका स्थानीय केस बहादुर तामाङलाई गाउँमा सडक सँजालले जोडेपनि पुल नहुँदा गाउँको उत्पादनले बजार भेट्न नपाएको गुनासो गरे । ‘गाउँमा उत्पादन हुने तरकारी फलफुल यहि कुहिने भए, यतिका समय भयो रानीटारको पुल बन्न सकेन ।’ उनले भने –‘समयमा नै पुल बने दुःखका दिन जान्थे की’
कृषि पेशामा आवद्ध किसानको समस्या त उनि छ । गाउँमा बसाइसराईको समस्या समेत बाक्लो हुँदै गएको छ । स्थानीय किसान कपिलप्रसाद गुुरागाईका अनुसार पुल भए गाउँमा सहज यातायात सेवा हुन्छ र सर्वसाधारणलाई थप समस्या हुँदैन थियो । ‘सहज बजार, शिक्षा स्वास्थ्यको उपलब्धतका लागि तराई झर्ने क्रम रोकिनका लागि पनि रानीटारको पुल बेलैमा बन्नुपर्छ ।’ उनले भने ।
स्थानीय जनप्रतिनिधि बम बहादुर श्रेष्ठले स्थानीयको दैनिकी निकै कष्टकर रहेको बताए । उनले रानीटारमा सवारी गुड्ने पुल नुहँदा झोलुँगे पुलमार्फत सामान ढुवानी गरेको प्रतिकिलो दुइ रुपैया लिने गरिन्छ । जसका कारण दक्षिणी भेगका जनतालाई प्रत्यक्ष मारमा पर्ने गरेका छन् ।
उक्त पुल चाँडो सम्पन्न गर्न स्थानीले माग गरेका छन् । भोजपुर र खोटाङका जनता तराई झर्ने मुख्य नाका रहेको उक्त स्थान सडक सँजालले जोडिएपनि, आवत–जावत गर्ने झोलुँगे पुल मात्र रहेको छ ।
मोटरसाइकलसम्म पुलमार्फत तारे पनि चार पांग्रे सवारी गुड्ने पुल निर्माणाधिन अवस्थामा छ । जसका कारण यस भेगका जनताको दैनीकी सहज हुन सकेको छ्रैन । अरुण नदी किनार छेउका वासिन्दालाइ सुनसरीको चतरा जोड्न जेटबोटले सहज बनाए पनि दुम्माना, पाङचा, वापुङ र आधा खोटाङवासीका लागि भने दुधकोशीमा रानीटारको पुल नै बन्नुपर्छ ।
भोजपुरको कर्णालीको परिचय पाएका कतिपय गाउँ यति बेला रित्तिने अवस्थामा छन् । विकासका पूर्वाधारको सहज पहुँन नहुनु र कृषि उत्पादनले बजार नपाउनुले धेरै स्थानीय तराई झरेका हुन् । उदयपुर हुँदै कोशी पुल कटेर धरान जोडिने छोटो बाटो भएपछि पुल चाँडो बने तराइसँगको दुरी हदैसम्म छोटो हुनेछ ।
प्रदेश एकका मुुख्यमन्त्री शेरधन राईको गाउँ आमचौक जाने सहज बाटो यहि हो । उनले समयमै पुल बनाउन निर्माण कम्पनिलाई निर्देशन दिएका छन् भने कुुनै समस्या परे आफुुसँग सिधा सम्पर्क गर्न स्वच्छन कम्पनीका इन्जिनियरलाई फिल्डमै पुगेर निर्देशन दिएका छन् । उनले आउँदो वर्षको चैत सम्ममा पुल सम्पन्न गर्न निर्देशन दिँदै केहि समस्या परे सिधै सम्पर्क गर्न भनेका छन् ।
२०७७ सालको असार मसान्तसम्म पुल निर्माणसम्म गर्ने सीमा भएपनि भोजपुर सदरमुकाम हुँदै पुल निर्माण स्थल सम्म आवश्यक उपकर ल्याइ पुुर्याउन बाटो मुख्य बाधक रहेको फिल्ड इन्जिनियर आजय लामिछानेले जानकारी दिए ।
उनका अनुसार ह्याभि इक्वीपमेन्ट ल्याउने बाटोको घुम्ती मोड सरकारले तत्काल बनाइ दिए २०७७ सालको चैत्र महिनासम्ममा पुलसम्पन्न हुनेछ ।
२ सय मिटर लम्बाइ पुलको ठेक्का २०७१ असारमा रसुवा एसएन एस पप्पुु जेविले २४ करोडमा पाएको थियो । तर पुलको काम भने स्वच्छन्द निर्माण सेवाले गरिरहेको छ । हालसम्म नदी वारीपारी पिल्लर राख्ने वेस मात्र निर्माण गरिएको छ ।

Sherdhan rai-ranitar-dudhakoshi