इटहरीः इटहरी उपमहानगर भित्र फोहोर बोक्ने सबारी साधनलाई स्थानियहरुले अबरोध गरेका छन् ।
इटहरी उपमहानगरपालिका भरि सङकलन भएको फोहोर इन्भाईरो केयर कन्सर्न प्राभईभेट कम्पनीले इटहरी र धरानको सिमाना चारकोशे भाडीमा लगी फाल्ने गरेको छ । केहि समय अगाडीमात्र फालिएको फोहोरले स्वास्थ्यमा असर गरेको भन्दै स्थानियले आन्दोलन गरेका थिए ।
त्यसपछि जिल्ला वन कार्यालय सुनसरीले चारकोशे झाडीमा फोहोर फाल्न प्रतिबन्ध लगाएको थियो तर प्रतिबन्ध लगाएपनि फोहोर कम्पनिले बस्ति नजिकको जङगलमा फोहोर फालिरहेको भन्दै स्थानियले फोहोरको गाडी रोकेर नगरपालिका भित्र राखेका हुन् ।
अहिले इटहरी र धरानको सीमा क्षेत्रको सेउती पुल नजिक फोहोर फाल्दै आएकोमा स्थानीयले अवरोध गरे पछि समस्या झन् बढेको छ । त्यस क्षेत्रमा सङ्कलन गरिएको फोहोरमा आगो लगाए पछि प्रदूषण भएको भन्दै स्थानीयले अवरोध गरेका छन् । बिगत लामो समय देखि त्यस स्थानमा फोहोर फाल्दा तथा आगो लगाउँदा आसपासका क्षेत्रमा समस्या सिर्जना भएको छ ।
यो फोहोरको धुवाले गाँउमा बालबालिका र बृद्धबृद्धालाई घर बाहिर निस्कन समेत अफ्ट्यारो परेको स्थानिय बताउछन् । आफुहरुले बारम्बार सरोकारवाला निकायलाई जानकारी गराएपनि समस्या समाधान नगरीदिएको उनिहरुको गुनासो छ ।
फोहोर व्यवस्थापन बिभागका प्रतिनिधि खेम बहादुर भुजेलले पहिले भन्दा अहिलेको व्यवस्थापना राम्रो भएको दाबी गरे । फोहोर फाल्ने अन्यत्र ठाँउ नभएको कारण पनि यो अबस्था सृजना भएको उनले बताए । उपमहानगरसँग समन्वय गरेर ठाँउको चाडै व्यवस्थापन हुने भुजेलको भनाई छ ।
यता उपमहानगर पालिकाका प्रशासकिय अधिकृत कृष्ण प्रसाद चापागाई भने इटहरीलाई चाडैनै फोहोर मुक्त बनाउने अभियानमा रहेको बताउदै फोहोर फाल्ने ठाँउको व्यवस्थापनाम उपमहानगर समेत लागेको बताए ।