तस्बिरः बुलेट खतिवडा
इटहरीः नेपाली महिलाको चाड तीजको अवसर पारी भदौ १३ गते नेपाली कथानक चलचित्र मारुनी रिलिज हुने भएको छ ।

इटहरीबाट सो चलचित्र रिलिज हुने चलचित्रको टिमले जनाएको छ । आज इटहरीमा पत्रकार सम्मेलन गरी जनाइएअनुसार नेपालगञ्ज, कोहलपुर, भैरहवा र काठमाडौंमा सुटिङ गरिएको चलचित्र इटहरीबाट रिलिज हुन लागेको हो ।

निर्देशक नवल नेपालले आफू इटहरीवासी भएको र इटहरीमा नेपाली फिल्मको क्रेज देखेर इटहरीबाट रिलिज हुन लागेको बताए । निर्माता पुनम गौतमले चलचित्र उत्कृष्ट भएको बताइन् ।

नायक पुष्प खड्काले लभ, रोमान्स र एक्सनको त्रिवेणी चलचित्रमा पाइने बताए । नायिका साम्राज्ञीराज्यलक्ष्मी शाहले फिल्मको कन्टेन्ट स्तरीय रहेको र टे«लर सार्वजनिक भएपछि राम्रो रेस्पोन्स आइरहेको उनले बताइन् ।

कार्यक्रममा फिल्मका गायक कृष्ण काफ्ले, गीतकार बाबुराम खड्कालगायतको उपस्थिति थियो ।