तस्बिरः बुलेट खतिवडा
इटहरीः भदौ १३ गते इटहरीबाट रिलिज हुन लागेको चलचित्र मारुनी र डायानिमक ब्याण्डले आज संयुक्त रूपमा इटहरीमा कन्सर्ट गर्ने भएका छन् ।
इटहरीमा आज आयोजित पत्रकार सम्मेलनमा जनाइएअनुसार दिउँसो ४ बजे हुने कार्यक्रममा मारुनीका कलाकार र डायानामिक ब्याण्डका कलाकारले सङ्गीत प्रस्तुत गर्ने भएका हुन् ।
तीजको पूर्वसन्ध्या तथा नेपाली कथानक चलचित्र मारुनीको रिलिजको पूर्वसन्ध्यामा हुने सो कार्यक्रम चलचित्र मारुनीको प्रचारको रुपमा आयोजना हुने बताइएको छ ।