बिर्तामोडः झापाको बिर्तामोडमा प्रदेश –१ स्तरीय ‘फस्ट प्रोभिन्स १ सिनेमा डिकेड अवार्ड २०७६’ हुने भएको छ । नेपाली चलचित्रको विकास र प्रबद्र्धनका लागि उक्त अवार्ड हुने भएको हो ।
पूर्वेली युवा क्लबले आयोजना गर्ने उक्त अवार्डमा चलचित्र क्षेत्रमा योगदान पु¥याउने ३ जना चलचित्रकर्मीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्डसहित सम्मान गरिने क्लबका पूर्व अध्यक्ष तथा अवार्डका संयोजक रमेश चौधरीले बताए । विभिन्न ४५ विधामा पपुलर अवार्डसमेत प्रदान गरिने उनले बताए ।
‘प्रदेश– १ मा जन्मिएर देशको चलचित्र क्षेत्रमा योगदान पु¥याउने चलचित्रकर्मीलाई सम्मान गरिने छ’ अवार्ड कार्यक्रमका कोअर्डिनेटर मनोज केसीले भने, ‘चलचित्र क्षेत्रमा १० वर्ष योगदान दिएको व्यक्तिलाई मात्र अवार्ड दिइनेछ ।’ उनले प्रदेश –१ का जुनसकै भाषा, धर्म, संस्कृतिमा निर्माण भएका चलचित्र र कलाकारलाई पनि समावेश गराइने बताए ।
बिर्तामोडमा हुने अवार्ड कार्यक्रमका लागि ५० लाख रुपैयाँ अनुमानित खर्च हुने आयोजकले जनाएको छ । अवार्ड सफल पार्नका लागि प्रायोजक, स्थानीय तह, स्थानीय सङ्घ÷ संस्था, समाजसेवीको सहयोग लिइने बताइएको छ । अवार्ड वितरण मंसिर महिनासम्ममा गर्ने उद्देश्य राखिएको केसीले बताएका छन् ।
अवार्डसम्बन्धी जानकारी दिन आयोजित कार्यक्रममा ‘राते काइँला’ उपनामले परिचित कलाकार सुनिल थापाले उक्त अवार्डले नेपाली चलचित्रलाई उच्च स्थान प्रदान गर्न सहयोग पु¥याउने बताए । पूर्वेली युवा क्लबका अध्यक्ष मनोज बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा अवार्डका प्रोडक्सन मेनेजर कुमार सिलवाल, बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुमार भट्टराईले अवार्ड कार्यक्रमलाई सहयोग गर्ने बताए ।
त्यस्तै, बिर्तामोड खानेपानीका अध्यक्ष जलकुमार गुरुङ, नेपाल रेडक्रस सोसाइटी बिर्तामोडका अध्यक्ष सजेश शिवाकोटी, कलाकार भुपेन्द्र लिङ्देन ‘मन्त्री’, क्लबका उपाध्यक्ष दिपेन चौधरी, बक्स अफिसका प्रबन्ध निर्देशक यज्ञराज सेढाई, समाजसेवी कमल खरेललगायतले अवार्डलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।