बेलबारीः मोरङको केराबारीमा आफन्तकै योजनामा युवती बलात्कृत भएकी छिन् । ६ दिन अगाडि केराबारी गाउँपालिकामा रहेको गुराँस होटलको १ सय ५ नम्बर कोठामा झुक्याएर वाइन खुवाएर १९ वर्षीया युवतीमाथि रातभर बलात्कार भएको हो। गत जेठ ३१ गते पथरीशनिश्चरे घर भएकी युवतीलाई जुस भन्दै झुक्याएर वाइन खुवाएर बलात्कार गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सो घटनाको मुख्य योजनाकार युवतीकै नाता भित्रकी दिदी रहेको प्रहरीले जनाएको छ ।
पीडित युवतीकी २२ वर्षीया दिदीले नै बलात्कारको लागि वातावरण मिलाइदिएको अनुसन्धानका क्रममा खुलेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख रामकुमार राईले बताए । पीडितकी दिदीले आफ्ना प्रेमी सुन्दरहरैंचा–१२ का ३९ वर्षीय सञ्जीवकुमार शङ्करसँग मिलेर योजना बनाएपछि झापा जिल्लाको पृथ्वीनगरका ३२ वर्षीय विश्वास कट्टेलले युवतीको बलात्कार गरेका थिए ।
विवाहित सञ्जीव र विश्वास सुन्दरहरैंचाको विराटचोकमा जग्गाप्लटिङ गर्ने गर्छन् । युवतीहरू भने दुवै जना अविवाहित रहेको प्रहरीको भनाइ छ ।
‘दुवै जनाले सल्लाह गरेर सञ्जीवकी प्रेमिकामार्फत् एक जना युवती झिकाएको देखिन्छ,’घटनाको अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतले भने, ‘त्यस क्रममा ती दिदीले पारिवारिक नाताभित्रकी बहिनी पर्ने एक युवतीलाई साथमा लिएर विराटचोक आएको खुलेको छ ।’ त्यसपछि चारै जनामिलेर हलमा फिल्म पनि हेरेको अनुसन्धानबाट खुलेको छ ।
विराटचोकमा राती ९ बजेसम्म फिल्म हेरेर उनीहरू इटहरी गएको खुलेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख रामकुमार राईले बताए । इटहरीमा मादकपदार्थ सेवन गरेर शङ्करको गाडीमा उनीहरू मध्यरातमा केराबारी गएका थिए । केराबारीको गुराँस होटलमा २ वटाकोठा लिएर उनीहरूबास बसेको खुलेको उनले बताए । बिहानउठ्दा मात्रै पीडितले आफू बलात्कारमा परेको थाहा पाएको बताएको प्रहरीले जनाएको छ ।
प्रमुख राईकाअनुसार दिदीले घुमघाम गरेर आउनुपर्छ भन्दै फकाएर बहिनीलाई साथमै लिएर आएकी थिइन् ।
घटनाको मुख्य योजनाकारका रूपमा दिदी देखिएको उनले बताए । ‘होटलमा पुगेपछि तीन जनाले विभिन्न खाले मदिरा सेवन गरेको प्रहरीको अनुसन्धानले खुलाएको छ । पीडितलाई भने जुस भन्दै गुलियो स्वाद आउने वाइन खुवाएका थिए ।
वाइन खुवाएपछि बेहोश भएकी युवतीलाई विश्वासले अर्काेकोठामा राखेर बलात्कार गरेको खुलेको इन्स्पेक्टर राईले बताए । पीडित युवतीले जुस भन्दै तरल पदार्थ खुवाएको केही समयपछिआफूले केही पनि थाहा नपाएको र बिहान होसमा आउँदा मात्रै आफू बलात्कृत भएको थाहा पाएको प्रहरीलाई बताएकी छिन् । राईकाअनुसार अनुसन्धानका क्रममा तिनै जनाले घटनामा संलग्नभएको स्वीकार गरिसकेका छन् ।




















