ताप्लेजुङ: गायक तथा बरिष्ठ ईन्जिनियर बीरेन्द्र श्रेष्ठ र अञ्जु पन्तको आवाजमा रहेको ‘पिरिमको बाढी’ बोलको गीतको म्युजिक भिडियो सार्वजानिक भएको छ । कलाकार दिलिप रायमाझी र केकि अधिकारीद्धारा अभिनित उक्त गीतको म्युजिक भिडियो ‘एटके एभरेष्ट मोशन पिक्चर’ यु–ट्युव च्यानलबाट सार्वजानिक गरिएको होे । सोमबार उक्त गीतको म्युजिक भिडियो सार्वजानिक भएको हो ।
काभ्रेको भकुण्डे बेँसी आसपासमा छायाङ्कन गरिएको उक्त गीतको म्युजिक भिडियोलाई प्रकाश धितालले निर्देशन गर्नुभएको छ । गीतको शब्द तथा संगित दिपक शर्माले भर्नुभएको हो भने संगित संयोजन नरेन्द्र वियोगीले गर्नुभएको छ । भिडियोलाई उत्सव दाहालले खिच्नुभएको हो ।
यस्तै गायक श्रेष्ठकै स्वरमा रहेको ‘आऊ न माया भेटौँन’ बोलको गीतको समेत म्यूजिक भिडियो बजारमा ल्याउने तयारी भईरहेको श्रेष्ठले जानकारी दिनुभयो । ताप्लेजुङको सिरिजंघा गाउँपालिकाको सिनाममा जन्मनुभएका श्रेष्ठले हाल सम्म ३० भन्दा बढि गीतहरु बजारमा ल्याउनुभएको छ भने आधा दर्जन गीतको म्युजिक भिडियो समेत बजारमा ल्याउनुभएको छ ।
पेशाले ईन्जिनियर भए पनि फुर्सदमा गीत संगितमा नै बढि ध्यान दिन रुचाउने श्रेष्ठद्धारा स्वरवद्ध गीतले निकै चर्चा पाउने गरेकाछन् । यस अघि बजारमा आएका घर हाम्रो लेकैमा, तिम्रो मन संग आज, घर हाम्रो लेकैमा लगाएतका गीतहरुले निकै चर्चा कमाएका थिए ।