इटहरी: भारतीय टेलिभिजन जी टिभीको बाल गायन रियालिटी शो ‘सारेगमप लिटल च्याम्प्स’ को २०१९ संस्करणमा सहभागी इटहरीका प्रितम आचार्य फाइनल अर्थात उत्कृष्ट छ जनामा पर्न सफल भएका छन् । प्रीतमको थप सफलताको कामना गर्दै इटहरीमा प्रीतम जिताउ अभियान चलिरहेको छ ।
इटहरीको सेन्ट्रल प्लाजामा आयोजना गरिएको कार्यक्रममा प्रीतमले भिडियो मार्फत आफुलाई सघाउन आग्रह गरे । आफ्नी आमा, अभियन्ता राजु केसि र सम्पुर्ण इटहरीबासी प्रति उनले कृतज्ञता व्यक्त गरे । यसै अभियानमा सहभागी अभियन्ता तथा व्यवसायीले आर्थिक देखि नैतिक सहयोगको प्रतिबद्धता जनाएका थिए । उनले भने, अहिलेसम्म धेरै माया गरिरहनु भएकोले अब पनि दिल खोलेर सहयोग गरिदिनुहुन आग्रह गर्न चाहन्छु । उत्कृष्ट नौ जनाका अन्य सहभागीलाई आचार्य फाइनलमा पुगेका हुन् ।
उनीहरुसँगै आस्था दास, अनुष्का पात्र, मोहम्मद फैज, सुगन्धा दते र अर्का नेपाली आयुस केसिले फाइनलमा स्थान पक्का गरेका छन् । फाइनल नतिजा आगामी शनिबारको पर्फर्मेन्सबाट निर्धारण हुने भएको हो ।