पथरीः रिहान्ना इन्टरटेनमेन्टको पहिलो प्रस्तुतिका रूपमा रहेको नेपाली कथानक चलचित्र ‘कथा आंैसीको’ गीत सार्वजनिक भएको छ ।
‘सारा खुशी दिएजस्तै ग¥यौ तिमीले...’ बोलको सो गीत हाइटलाइट्स नेपालबाट सार्वजनिक गरिएको हो । सो गीतमा गायक दिपक लिम्बूले स्वर भरेका छन् भने सङ्गीत रमेश प्रसाईंको रहेको छ ।
सो चलचित्रमा मित्र लिङ्देनको निर्देशन, मुहासिंह थापा मगरको सम्पादन रहेको छ भने हिकास राईको छायाङ्कन रहेको छ । कार्यक्रममा मुख्य सहायक निर्देशक मौसम परिवर्तनले चलचित्रको बारेमा प्रष्ट्याएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि चलचित्र पत्रकार सङ्घ प्रदेश नं. १ का अध्यक्ष तथा चलचित्र निर्माता सन्तोष राईले मोफसलबाट चलचित्र निर्माण हुनु राम्रो कुरा भएको बताउँदै सफलताको कामना व्यक्त गरेका थिए ।