इटहरीः सङ्गीतकार तथा गीतकार विवेक लुइँटेलले आफ्नो अर्को प्रस्तुति ‘छाडी जाने जून तिमी’ सार्वजनिक गरेका छन् ।

अस्ट्रेलियामा बसोबास गर्दै आएका उनले यस गीतलाई अस्ट्रेलियाको डार्बिनमा निर्माण गरेका हुन् । उनी सुनसरीको इटहरी उपमहानगरपालिकाको वडा नम्बर ८ का बासिन्दा हुन् । लामो समयदेखि सङ्गीतकर्ममा लागेका उनी अस्ट्रेलिया बसेर नेपाली सङ्गीतलाई अझ उचाइमा पु¥याउने काममा लागिरहेको बताउँछन् ।

विवेक लुइँटेलको आवाजमा सजिएको सो गीतममा उनको आफ्नै शब्द रहेको छ भने उनी र बीपी भण्डारीको सम्पादन रहेको छ ।
गीतमा रोशन ढकाल, वर्षा, याम खड्का तथा अंगिरा हिमाद्रीको अभिनय रहेको छ ।

bibek luitel  (2) bibek luitel  (3)