बेलबारीः मोरङको बेलबारीमा आजदेखि २ दिने कला साहित्य महोत्सव शुरु भएको छ । चित्रकला तथा रचना वाचनसहित बेलबारीको लक्ष्मीमार्गमा शुरु भएको महोत्सवको एक कार्यक्रमका बीच बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले उद्घाटन गरे ।

सो महोत्सवमा साहित्यिक अनलाइन टेलिभिजन र साहित्यिक अनलाइन पत्रिकाको शुभारम्भ गरिने बेलबारी साहित्य विकास समितिकी अध्यक्ष रेखा सुवेदीले बताइन् । कार्यक्रम उद्घाटन गर्दै बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले लोप हुन लागेका भाषा संस्कार सस्कृतिको संरक्षण गर्न साहित्यकारको ठूलो भूमिका रहेको बताए ।

महोत्सवमा तामाङ, गुरुङ लगायत विभिन्न जातजातिको भाषामा रचना वाचन गरिएको थियो । बेलबारी साहित्य विकास समितिको आयोजनामा महोत्सव शुरु भएको हो ।

belbari sahitya mahotsab  (2)