विराटचोकः नेवारी समुदायमा प्रचलित गाईजात्रा सुन्दरहरैंचाको विराटचोकमा पनि मनाइएको छ । सोमबार विराटचोकमा विभिन्न झाँकीसहित गाईजात्रा मनाइएको हो ।
विराटचोकमा निकालिएको झाँकीले बजार परिक्रमा गरेको थियो । एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आ–आफ्ना इलाकामा परिक्रमा गराउने प्रचलन छ ।
विराटचोकमा मात्रै नभई सुन्दरहरैंचाका सलकपुर, खोर्साने, गोठगाउँ, गछियालगायतका स्थानमा पनि झाँकी प्रदर्शन गरिएको थियो । तस्बिरमा हेर्नुहोस् विराटचोकमा गाईजात्राको अवसरमा निकालिएको झाँकी ।