भोजपुरः अवैध गर्भपतन मुद्दाका फरार अभियुक्त ७ वर्षपछि पक्राउ परेका छन् । उनलाई २०६९ साल जेठ २५ गते भोजपुर जिल्ला अदालतबाट ३ वर्ष कैद सजाय फैसला सुनाइएको थियो ।
आमचोक गाउँपालिका ३ थिदिंखा घर भई हाल सुनसरी जिल्लाको रामधुनी नगरपालिका–६ मा बस्दै आएका राजु भनिने ३९ वर्षीय राजकुमार राईलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका राईलाई अदालतको आदेशबमोजिमको कैद भुक्तान हुने गरी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले बताए ।