उर्लाबारीः इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको डिजिटल बोर्डको उद्घाटन गरिएको छ । उर्लाबारी नगरपालिकाको सहयोगमा उक्त बोर्ड राखिएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउने सवालमा प्रहरी सक्रियपूर्वक लागिपरेको बताए । जिल्ला प्रहरी कार्यालयको निर्देशन बमोजिम समुदाय– प्रहरी साझेदारी, जनतासँग चिया कार्यक्रम, सचेतनामूलक कार्यक्रमलगायत अन्य कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए ।