पथरीः पथरीमा अान्दाेलन चर्किदै गएकाे छ । प्रहरीले बल प्रयाेग गर्न खाेज्दा अवस्था झन असामान्य बन्दै गएकाे हाे । रीना मृत्यु प्रकरणमा दाेषीलाइ कारवाही नगरे सम्म अान्दाेलन जारी राख्ने बताउँदै अाएका स्थानीय र प्रहरी बिच पटकपटक झडप भएकाे छ ।

झडपकाे क्रममा प्रहरीकाे लाठि लागेर पथरी शनिश्चरे १ का जीतबहादुर लावती घाइते भएका छन् । उनकाे टाउकाेकाे पछाडीकाे भागमा चाेट लागेकाे छ । उनले पथरी अस्पतालमा उपचार भइरहेकाे छ । अहिले उनकाे अवस्था सामान्य बन्दै गएकाे छ ।

त्यस्तै पथरी ९ की मञ्जु पाैडेल पनि घाइते भएकी छिन्र । उनलाइ प्रहरीले हानेकाे टियर ग्याँस लागेर घाइते भएकी हुन्र । उनकाे अहिले पथरी अस्पतालमा उपचार भइरहेकाे छ ।

नगरकी उपमेयर पनि टीयर ग्याँस लागेर सामान्य घाइते भएकी छिन्र । विहान ९ बजे देखि बजार पसल बन्द छन्र भने पूर्व पश्चिम हाइवे खुल्न सकेकाे छैन । सवार साधान वाइपास गरेर गुडिरहेका छन् । सडकमा उच्च सुरक्षा निगरानी रहेकाे छ भने स्थानीकाे भिड उतिकै बढिरहेकाे छ ।