शब्द र तस्बिरः गुरु ढकाल
इटहरीः हास्य कलाकार हरिवंश आचार्यले इटहरीमा आयोजित पत्रकार भेटघाटमा बोल्दै पछिल्लो समय रङ्गमञ्चीय कलाकारका कारण नेपाली चलचित्र चलेको बताए । नेपाली चलचित्र ‘दाल, भात, तरकारी’को प्रचारको लागि इटहरी आएका आचार्यले यस्तो बताएका हुन् ।

हिन्दी भाषाका टेलि चलचित्रलाई नेपाली भाषाका चलचित्रलाई पछिल्लो समय कमजोर बनाएको बताए । त्यस्तै, नेपाली टेलिभिजनले टेलि चलचित्रका कलाकारलाई पारिश्रमिक दिन नसक्दा पनि नेपाली टेलि चलचित्र कमजोर भएको उनको भनाइ थियो ।

आचार्यका अनुसार नेपाली फिल्मको मुख्य बजार नेपाल हो । त्यसपछि अस्ट्रेलिया र अमेरिकाका साथै नेपालीभाषी भएका सम्पूर्ण देशमा चलचित्रको बजार रहेको उनले बताए ।

चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, शिवहरि पौडेल, बसुन्धरा भुसाल, राजाराम पौडेल, विल्सनविक्रम राई, जयनन्द लामा, प्रियङ्का कार्की, निरुता सिंह, आँचल शर्मालगायतको अभिनय रहेको बताइएको छ ।

बिर्तामोडबाट शुरु भएको प्रचार इटहरी हुँदै पश्चिमतर्फ लाग्ने बताइएको छ । चलचित्र बैशाख २० गते रिलिज हुने भएको छ । काठमाडौं पोखरा र चितवनमा सुटिङ भएको ३ करोडमा लगानी निर्माण भएको सो चलचित्र नेपाली दर्शकको लागि नेपाली खाना भएजस्तै आम नेपालीलाई मन पर्ने कथामा चलचित्र निर्माण भएको निर्माताको भनाइ छ ।

dal bhat tarkari  (5)

dal bhat tarkari  (4)