इटहरीः करवृद्धिको विरोधमा इटहरीमा मङ्गलबार साङ्ले ¥याली निकालिएको छ ।
मङ्गलबार दिउँसो युवाहरूले करवृद्धि, महङ्गी, हत्या तथा बलात्कारलगायतका घटनामा सरकार उदासीन भएको भन्दै साङ्ले ¥याली निकालेका हुन् ।
सरकारले कर र महङ्गी बढाएर जनतालाई बाँधेको भन्दै त्यसैको सङ्केतस्वरूप साङ्ले ¥याली निकालिएको ¥यालीमा सहभागीले बताए । सरकारले जनताको हित गर्न नसकेको उनीहरूले आरोप लगाए ।
¥यालीमा सहभागीले सरकारले तत्काल कर र महङ्गी नघटाए तथा आपराधिक घटनाको न्यूनीकरण गर्न कदम नचाले चरणबद्ध रूपमा आन्दोलन गर्ने जनाएका थिए । ¥यालीमा सहभागी युवाले सडक ढाकेर साङ्ले जुलुस निकाल्दै इटहरीको मुख्य चोकको परिक्रमा गरेका थिए ।