ताप्लेजुङः तीन वर्षदेखि विष्फोटक बम तथा हातहतियार खरखजना मुद्धाका फरार अभियुक्त ताप्लेजुङको मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका विष्णु केदेम पक्राउ परेका छन् ।
तीन वर्ष कैद र बीस हजार जरिवाना फैसला भई फरार रहेका उनलाई इलाम प्रहरीले पक्राउ गरेको हो । इलाम नगरपालिकामा लुकिछिपि बसेको अवस्थामा आईतबार पक्राउ परेका लिम्बूलाई मंगलबार कैद भुक्तानका लागि जिल्ला अदालत ताप्लेजुङले कारागार चलान गरेको प्रहरीले जनाएको छ ।
लिम्बूलाई सोमबार इलामबाट ताप्लेजुङमा ल्याईएको थियो । उनि २०७२ सालदेखि फरार रहेको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक संजयसिंह थापाले बताउनुभयो । जिल्लामा विभिन्न मुद्धामा सजाय फैसला भई फरार रहेका अभियुक्तहरुको खोजतलासका लागि विशेष अभियान नै चलाईएको थापाको भनाई छ ।