खाँदवारीः संखुवासभामा चट्याङ लागेर घाइते भएका २ जनाको मृत्यु  भएकाे छ । पाँचखपन नगरपालिका वडा नं ९ मा चट्याङ लागेर २ महिला घाइते भएका थिए । उनिहरूकाे उपचारकाे क्रममा ज्यान गएकाे प्रहरी निरीक्षक सन्ताेष राइले जानकारी दिएका छन् । 

ज्यान गुमाउनेमा ४५ वर्षीया सीता विश्वकर्मा र ५० वर्षीया सुकमाया लिम्बु हुन् ।  घरमा चट्याङ परेर घाइते भएका उनीहरूको वाना स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले समेत पुष्टि गरेकाे छ ।