झापाः झापाको मेचीनगर– ६ काँकरभिट्टामा सञ्चालित ए डी म्युजिक एकेडेमीले आफूले अहिलेसम्म गरेका साङ्गीतिक गतिविधि सार्वजनिक गरेको छ ।

गायक पुष्प प्रधानको प्रमुख आतिथ्यतामा पत्रकार सम्मेलन आयोजना गरी विविध विषयमा जानकारी गराइएको हो । एकेडेमीका प्रबन्ध निर्देशक अर्जुन दाहालले आफ्नो विद्यालयबाट विभिन्न विधाका नयाँ नयाँ कलाकार उत्पादन भइरहेको जनाए । कार्यक्रममा प्रमुख अतिथि गायक प्रधानले अहिलेको नेपाली गीत सङ्गीतको प्रशंसा गर्दै नेपालमा कलाकारलाई हेर्ने दृष्टिकोण फरक रहेको बताए ।

ए डी म्युजिक एकेडेमीका तर्फबाट बेलायतको ट्रिनेटी कलेज लण्डनमा सहभागी भई सङ्गीत परीक्षामा उत्तीर्ण भएका ११ जना विद्यार्थीलाई ट्रिनेटी कलेज लण्डनबाट प्राप्त प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रधान, वरिष्ठ वाद्यवादक जीवनप्रकाश प्रधान, सङ्गीतकर्मी नरेन बर्देवा, अनिल रसाइली, प्रवीण विश्वास, सर्वेश्वर विश्वास शिक्षक डम्बर रुचाललगायतले प्रमाणपत्र प्रदान गरेका थिए । प्रबन्ध निर्देशक दाहालले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

a d music  (1) 2