धरानः धरानका युवा गायक प्रमोद पोर्तेलले दोस्रो म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

गायक पोर्तेल र अभिनेत्री केकी अधिकारीद्वारा अभिनित म्युजिक भिडियोलाई आइतबार धरानमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका केन्द्रीय सदस्य राम धामीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । वैदेशिक रोजगारको पीडालाई समेटेर म्युजिक भिडियो तयार पारिएको गायक प्रमोदले बताए ।

‘स्वदेशमा नै स्वरोजगार बन्ने प्रशस्त आधारु छन् । स्वदेशी माटोमा जोश र जाँगर भयो भने पक्कै पनि आफ्नो परिवारसँग रमेर सुन फलाउन सकिन्छ भन्ने सन्देश प्रवाह गर्न खोजिएको हो,’ उनले भने, ‘त्यसैले मैले फर्की आउँछु म्युजिक भिडियो ल्याएको हुँ ।’
सो भिडियोको निर्देशन सुल्तान इधिङ्गोले गरेका छन् । सुल्तान युके फिल्म्सले तयार पारेको म्युजिक भिडियोको छायाङ्कन धरान–६ पानबारी, पूर्वी नाकाको काँकडभिट्टा र भारतको सिलिगुढीमा गरिएको छ । ५ मिनेट ४३ सेकेण्डको म्युजिक भिडियोमा गायक पोर्तेल र नायिका केकी अधिकारीको मुख्य अभिनय रहेको छ ।

धरान–६ पानबारीका राम कार्की, पुण्यमाया कार्की र बाल कलाकारमा आरुसी कार्कीको अभिनय देख्न सकिन्छ । सो भिडियो तयार गर्दा ३ लाख लगानी भएको बताइएको छ ।

कार्यक्रममा इटहरीका बर्गर हाउस सञ्चालक राजकुमार तामाङ, धरानका ब्रदर्श बेकरी सञ्चालक एनसी राई, झरना प्रसाईं र नेपाल आइडल टप १२ मा पुगेकी हिना बराइलीलाई सम्मान गरिएको थियो ।

portel  (1)