इटहरीः बैशाखदेखि प्रदर्शन हुन लागेको नेपाली चलचित्र जिस्म २ की नायिका नमिता खड्काले आफूलाई चलचित्रका निर्देशकले झुटो आरोप लगाउने गरेको बताएकी छिन् ।
खड्काद्वारा अभिनित सो चलचित्र बैशाखदेखि रिलिज हुने भएको छ । आफूले ग्ल्यामर्स फिल्म नै नखेल्ने बताइरहेको बेलामा बढी अङ्ग प्रदर्शन गरेको भन्दै आफूलाई अर्चना पनेरुसँग दाँजेकोमा आफूलाई चित्त नबुझेको उनले बताइन् ।
‘फिल्ममा कथाले मागेभन्दा बढी मैले अङ्गप्रदर्शन गरेको छैन,’ फोन सम्पर्कमा उनले भनिन्, ‘तर अर्चना पनेरुले भन्दा पनि हट सिन दिएको भनेर प्रचार गरिएकाले मेरो क्यारियरमा नराम्रो असर परिरहेको छ ।’
आफूलाई आरोप लगाएर निर्देशक राजु गिरी हिट हुन खोजेको खड्काले बताइन् । जिस्म २ पारिवारिक कथामा बनेको चलचित्र भएको हुनाले परिवारका सबै व्यक्ति सँगै बसेर हेर्न सकिने पनि उनले बताइन् ।