पथरीः मोरङको पथरीमा आगामी फागुन २३ गते स्प्राइट ब्याण्ड च्यालेन्जको विजेता लोकप्रिय ब्याण्ड अनुप्रस्थ साङ्गीतिक कार्यक्रम लिएर आउने भएको छ ।

लागूऔषध दुव्र्यसनविरुद्ध कार्य गरिरहेको अलाइभ फाउन्डेसन नेपालको मुख्य आयोजना तथा द रियल ब्रदर्स सोसियल इभेन्टको सह आयोजनमा सो साङ्गीतिक साँझ हुन लागेको हो ।

दुवै सस्थाको संयुक्त आयोजनामा तय गरिएको सो कार्यक्रमले साङ्गीतिक प्रस्तुतिको माध्यमबाट समाजको बढ्दो लागुपदार्थ दुव्र्यसनलाई घटाई सभ्य र सिर्जनशील समाज निर्माणमा सहयोग पु¥याउन मद्दत गर्ने फाउन्डेसनका अध्यक्ष विपिन गुरुङले बताए ।

कार्यक्रमको माध्यमबाट दुव्र्यसनबिनाको मानव जीवन सुन्दर हुन्छ भन्ने मूल सन्देश दिन खोजिएको गुरुङको भनाइ छ ।
‘लागूऔषधलाई नाइँ भन’ भन्ने मूल नाराका साथ लागूऔषध दुव्र्यसनविरुद्ध सचेतनामूलक कार्यक्रम गर्दै आएको संस्थाले जनाएको छ । संस्थाले नसाबिनाको जीवन सुन्दर रहने सन्देश साङ्गीतिक कार्यक्रममार्फत् दिने कार्यक्रम संयोजक भरत राई बताउँछन् ।

‘नाच न मैच्याङ नेपाल टुर’अन्तर्गत सो ब्याण्ड २३ गते बिहीबार पथरी आउने भएको हो ।

पथरीशनिश्चरे– २ मा रहेको सिन भिलेज पार्टी प्यालेसमा हुने कार्यक्रममा अनुप्रस्थको अलावा स्थानीय गायक रविन कन्दङ्वा, गायक तथा सङ्गीतकार देव गुरुङलगायतको समेत प्रस्तुति रहने अर्का संयोजक रोशन मादेम्बाले बताए ।

कार्यक्रमबाट सङ्कलित रकम दुव्र्यसनमा फसेका र सुधार गृह जान नसकेका युवायुवतीलाई सुधार गृहमा लैजान खर्च गरिनुका साथै लागूऔषध दुव्र्यसनविरुद्ध सचेतनामूलक कार्यमा खर्च गरिने आयोजकले जनाएको छ ।
सो कार्यक्रममा करिब ४ लाख रुपैयाँ खर्च हुने फाउन्डेसनका कोषाध्यक्ष मधु कार्कीले बताए ।