उर्लाबारीः मोरङको मिक्लाजुङ गाउँपालिका– ९ स्थित मधुमल्ला तोरीबारी सडक खण्डमा आइतबार राति ट्याक्टरको ठक्करबाट पैदलयात्री एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को २ त ६६५० नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँकी ३२ वर्षीया माया तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले बताए ।

ठक्कर दिने ट्याक्टरलाई नियन्त्रणमा लिए पनि चालक फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । मृतक तामाङको शव परीक्षणका लागि उर्लाबारीस्थित मङ्गलबारे अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।