इटहरीः लायन्स क्लब अफ इटहरी स्मार्ट सिटीको अध्यक्षमा राजेन्द्रकेशरी घिमिरे चयन भएका छन् ।
क्लबको प्रथम उपाध्यक्ष (फस्र्ट भिपी)मा थानेश्वर ढकाल, द्धितीय उपाध्यक्षमा लक्ष्मी बराल र तृतीय उपाध्यक्षमा मुक्तिनाथ दाहाल चयन भएका छन् । त्यस्तै, सचिवमा वेदनाथ भेटवाल (राजन), सहसचिवमा दुर्गाप्रसाद थापा, कोषाध्यक्षमा अनिता कार्की र सहकोषाध्यक्षमा विनोद घिमिरे चयन भएका छन् । २५ सदस्यीय कार्यसमितिमा अन्य बाँकी २७ जना रहेका छन् ।
इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा डिस्ट्रिक गभर्नर अनन्तप्रसाद भेटवाल, भाइस डिस्ट्रिक गभर्नर इन्द्र खत्री, पूर्व अध्यक्ष लीला ढुङ्गेलको उपस्थिति रहेको अध्यक्ष घिमिरेले बताए ।