भोजपुरः जिल्ला प्रशासन कार्यालय भोजपुरले चालु आर्थिक वर्षको ६ महिनामा २ हजार ३ सय जना व्यक्तिलाई नागरिकता प्रदान गरेको जनाएको छ ।

कार्यालयका अनुसार चालु आवको साउनदेखि पुस मसान्तसम्म पुरुष ८ सय जना र महिला ९ सय ९ जना गरी १ हजार ७ सय ९ जनाले नयाँ नागरिकता लिएका छन् ।

त्यस्तै, सोही अवधिमा पुरुष ३ सय ७१ र महिला २ सय २४ गरी ५ सय ९५ जनाले प्रतिलिपि तथा ३ जनाले वैवाहिक अङ्गीकृत नागरिकता लिएका छन् ।

जिल्ला प्रशासन कार्यालय भोजपुरका सहायक कम्प्युटर अपरेटर दिनेश तामाङका अनुसार कार्यालयले साउनमा २ सय ८६ र भदौमा २ सय ४० जनालाई नागरिकता प्रदान गरेको थियो ।

त्यस्तै, असोजमा २ सय ५९, कात्तिकमा ५ सय ७५, मङ्सिरमा ४ सय ५५ र पुसमा ४ सय १२ वटा नागरिकता प्रदान गरिएको थियो । इलाका प्रशासन कार्यालय दिङ्लाले सो अवधिमा ३ सय २३ महिला र ३ सय ८३ पुरुष गरी ७ सय ६ जनालाई नयाँ नागरिकता वितरण गरेको इलाका प्रशासन कार्यालय दिङ्लाका प्रमुख विजय राईले बताए ।