इटहरीः  बडादसैँ २०८३ को अवसरमा सुनसरीको इटहरी उपमहानगरपालिका–२ स्थित त्रिनेत्र मोक्षधाममा घटस्थापनाका दिन सामूहिक जमरा राख्ने कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।


त्रिनेत्र मोक्षधाम सेवा समितिको आयोजनामा सम्पन्न कार्यक्रममा श्रद्धालु भक्तजनहरू सामूहिक रूपमा भेला भई धार्मिक विधिअनुसार जमरा राखेका हुन्। एक सय आठ शिवलिङ्ग रहेको मोक्षधाम परिसरमा विशेष पण्डितहरूद्वारा विधिपूर्वक पूजा–अर्चना गरी जमरा राख्ने कार्यक्रम सम्पन्न गरिएको सेवा समितिले जनाएको छ।

m 1


त्रिनेत्र मोक्षधाम सेवा समितिका अध्यक्ष बाबुराम सुवेदीका अनुसार घटस्थापनाको अवसरमा सामूहिक रूपमा जमरा राख्ने कार्यक्रम आयोजना गरिएको हो। धार्मिक आस्था र परम्पराको संरक्षण गर्दै सामूहिक रूपमा दसैँ मनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उनले बताए । 

m2


मोक्षधाममा राखिएका जमरा विजयादशमीका दिन स्थानीय भक्तजन तथा टाढाटाढाबाट आउने श्रद्धालुहरूलाई वितरण गरिने अध्यक्ष सुवेदीले  जानकारी दिए ।  भक्तजनहरूले ती जमरालाई प्रसादका रूपमा ग्रहण गरी घरघरमा लैजानेछन्।


सामूहिक जमरा राख्ने कार्यक्रमले धार्मिक आस्था अभिवृद्धि गर्नुका साथै सामाजिक एकता, आपसी सद्भाव र सांस्कृतिक परम्पराको संरक्षणमा योगदान पुर्‍याउने विश्वास आयोजक समितिले लिएको छ।

m4


दसैँको पहिलो दिन घटस्थापनादेखि सुरु हुने यस्ता धार्मिक गतिविधिले हिन्दू सनातन परम्पराअनुसार बडादसैँ मनाउने वातावरणलाई थप उल्लासमय बनाएको छ।