झापाः पूर्व प्रहरीबीच समधुर सम्बन्ध राख्दै आफ्ना हक, हित अधिकार रक्षाका लागि अघि बढ्न झापामा पूर्व प्रहरी एकजुट भएका छन् ।
झापाको बाहुनडाँगीमा सम्पन्न पूर्व प्रहरीहरूको भेलाले पूर्व प्रहरी सहायक निरीक्षक प्रेमप्रसाद शिवाकोटीको अध्यक्षतामा ७ सदस्यीय पूर्व प्रहरी सङ्गठन बाहुनडाँगी इकाई कमिटी गठन गरेको छ ।
पूर्व प्रहरी नायब निरीक्षक कृष्णप्रसाद ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले आगामी ३ वर्षका लागि समितिको उपाध्यक्षमा पूर्व प्रहरी नायब निरीक्षक कृष्णप्रसाद ओली, सचिवमा पूर्व प्रहरी सहायक निरीक्षक जीवन शंकर, रकोषाध्यक्षमा पूर्व प्रहरी हवल्दार दुर्गा केसीलाई चयन गरेको छ ।
यसैगरी, भेलाले पूर्व प्रहरी सहायक निरीक्षक रामप्रसाद कोइराला, पूर्व प्रहरी हवाल्दार उत्तम कट्वाल र भीम सम्वाहाम्फेलाई सदस्यमा सर्वसम्मत चयन गरेको छ । भेलाले पूर्व प्रहरी सहायक निरीक्षक दीपक थापाको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । समितिको सदस्यमा पूर्व प्रहरी हवल्दारहरू सुकुमार प्रधान, ढकबहादुर भण्डारी, ऐनकुमार भट्टराई र टेकबहादुर तामाङ छन् ।
कार्यक्रममा सल्लाहकार समिति संयोजक पूर्व प्रहरी सहायक निरीक्षक दीपक थापा, नवनिर्वाचित अध्यक्ष प्रेमप्रसाद शिवाकोटी, पूर्व प्रहरी सहायक निरीक्षक रामप्रसाद कोइरालालगायतले बोलेका थिए ।