इटहरीः लायन्स क्लब अफ सुन्दरदुलारीले शनिबार विपन्न बस्तीमा १ सय ५० थान कम्बल वितरण गरेको छ । सुन्दरहरैंचाको वडा नम्बर ६ को खोला किनारमा बसी ढुङ्गा गिटी कुटेर जीविकोपार्जन गर्ने परिवारलाई कम्बल वितरण गरिएको सो क्लबले जनाएको छ ।

३२५ ए वान डिस्ट्रिक गभर्नर अनन्तप्रसाद भेटवाल, प्रथम उपाध्यक्ष राजन खत्री र सचिव रेवत कार्कीको उपस्थितिमा कम्बल वितरण गरिएको बताइएको छ । त्यस्तै, लायन्स क्लब अफ सुन्दरदुलारीका अध्यक्ष पीतकुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष नागेश पोखरेलका साथै अन्य पदाधिकारी र सुन्दरहरैंचाको वडा नम्बर ६ का वडाध्यक्ष जीवन राईको पनि कार्यक्रममा उपस्थिति थियो ।

kambal bitaran lions club  (3) kambal bitaran lions club  (2)