विराटनगरः नेपाली काङ्ग्रेसको युवा दस्ता तरुण दलले विराटनगरमा ‘प्रदेश स्तरीय विरोध प्रदर्शन गर्ने भएको छ । माघ ८ गते बिहान ११ बजे विराटनगर महानगर पछाडि यस्तो कार्यक्रम गर्ने तरुण दल मोरङले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरेर जनाएको छ ।

माघ ८ गते तरुण दलले सातै प्रदेशका राजधानीमा कार्यक्रम गर्ने पत्रकार सम्मेलनमा वितरीत प्रेस विज्ञप्तिमा जनाइएको छ ।

निर्मला पन्तकोे बलात्कार र हत्याकाण्डमा निष्पक्ष छानबिन नभएको, भ्रष्टाचार बढेको, कानुनी मान्यताको सरकारले खिल्ली उडाएको, गोविन्द केसीको मागमा बेवास्ता गरेको लगायतका कारण विरोध प्रदर्शन गरिने तरुण दल मोरङले जनाएको छ ।