दुहबीः दुहबी नगरपालिकामा सञ्चालित २ दिने पत्रकारिता तथा उद्घोषण तालीम शनिबार सम्पन्न भएको छ ।
दुहबी नगरपालिका वडा नं ५ स्थित सरस्वती माविमा साझेदारी नेपाल सुनसरीको आयोजना र दुहबी नगरपालिका वडा नम्बर ६ को सहयोगमा २ दिने पत्रकारिता तथा उद्घोषण तालीम सम्पन्न भएको हो ।
कार्यक्रमकी प्रमुख अतिथि दुहबी नगरपालिकाकी उपमेयर सुनिता दाहाल (साह)ले सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्दै पत्रकारले समाचार लेख्दा सत्य तथ्यमा आधारित भएर लेख्नुपर्ने बताइन् । समाचारको माध्यमबाट सरोकारवालाले सुधार गर्ने मौका पाउने उनको भनाइ थियो । तालीममा दुहबी नगरपालिकाका विभिन्न वडाका ३५ जना सहभागी थिए ।