दुहबीः सुनसरीको दुहबी–४ मा रहेको बुढीगङ्गा विश्रान्ति आर्यघाट व्यवस्थापन समितिको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद लीलम बस्नेतले सभाको उद्घाटन गर्दै आर्यघाटलाई सांसद विकास कोषबाट १० लाख रुपैयाँ विनियोजन गरिने जनाए । जानकारी दिनुभयो ।

आर्यघाट व्यवस्थापन समितिका कोषाध्यक्ष दीपेन्द्र खतिवडाले गत आर्थिक वर्षको आयव्यय प्रस्तुत गरेका थिए । कार्यक्रममा वडा न ४ का वडा अध्यक्ष राजन बस्नेत लगायतले शुभकामना मन्तव्य दिएका थिए । संस्थाका अध्यक्ष ढुण्डीराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि दुहबी नगरपालिकाकी उपमेयर सुनिता दाहाल (साह)ले आर्यघाटको विकासका लागि सहयोग गर्ने बताएकी थिइन् ।

अधिवेशनले २ वर्षे कार्यकालका लागि नेत्र बहादुर लामिछानेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा नूतन भट्टराई, सचिवमा छवि बराल, सहसचिवमा प्रमिला थापा र कोषाध्यक्षमा हरिबहादुर प्रधान, चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा विष्णुमाया कार्की, विष्णु उपाध्याय (निरौला), सीता थपलिया, छत्र ऋषिदेव, सीता बस्नेत र कृष्ण तामाङ छानिएका छन् ।