इटहरीः लालीगुराँस भजन कीर्तन समूह सुन्दरहरैंचाको शनिबार सम्पन्न तेस्रो अधिवेशन तथा सातौं साधारण सभाले पुनः तारा भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा पोष्टकुमार श्रेष्ठ र सचिवमा कैलाश पोखरेल चयन भएका छन् । सहसचिवमा लीला धमला र कोषाध्यक्षमा तुलसा आचार्य चयन भएका छन् ।
कार्यसमितिको सदस्यमा शेषमणि पोखरेल, फडि भट्टराई, नारायणप्रसाद दाहाल, सरिता भट्टराई, पर्शुराम कोइराला र लेखनाथ तिम्सिना रहेका छन् ।
त्यस्तै, लेखा समिति संयोजकमा हेमराज भट्टराई तथा सदस्यमा अम्बिका श्रेष्ठ र तिलक श्रेष्ठ छानिएका छन् ।
सुन्दरहरैंचा–११ गोठगाउँमा भएको कार्यक्रममा वडा नम्बर ११ का अध्यक्ष बिसनलाल चौधरी प्रमुख अतिथि रहेका थिए । वडा नम्बर ७ का वडा सदस्य विष्णुप्रसाद घिमिरे र मीना ओझाका साथै जिल्ला कृषि सहकारी सङ्घका सचिव रवीन्द्र आचार्यलगायतको कार्यक्रममा उपस्थिति थियो ।