काठमाडौँः  शिक्षा तथा खेलकुद मन्त्रालयले पछिल्लो विपद्का कारण शिक्षा क्षेत्रमा परेको प्रभाव, विपद्पछिको पुनःस्थापना तथा आगामी प्राथमिकताका विषयमा नेपाल शिक्षा समूह .(नेपाल एजुकेशन क्लस्टर)का प्रतिनिधिहरुसँग छलफल गरेको छ ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा बिहीबार मन्त्रालयमा सम्पन्न छलफलमा बाढी प्रभावित विद्यालयको पुनःस्थापना, विद्यार्थीको पढाइलाई निरन्तरता, आवश्यक सहयोग तथा स्रोत परिचालन र दीर्घकालीन पुनःनिर्माणबारे छलफल भएको हो ।

छलफलमा विकास साझेदार संस्थाका प्रतिनिधिले प्रभावित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका साथै विद्यार्थीको अध्ययन निरन्तरताका लागि सरकारसँग समन्वय गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरूले प्रभावित बालबालिकाको शिक्षा र बसोबास व्यवस्थापनमा समेत सहयोग गर्ने बताएका छन् । साथै, उनीहरुले तत्कालिक र दीर्घकालीन सहयोगका लागि आफूहरु लागिरहेको र आवश्यक स्रोत व्यवस्थापनका कामहरुमा पनि जुटाइरहेको जानकारी दिए ।

सो अवसरमा शिक्षामन्त्री पोखरेलले विपद्को यसअघिडमा एजुकेशन क्लस्टरका प्रतिनिधिहरुबाट भएको प्रयासको लागि धन्यवाद दिदैँ यसमा मन्त्रालय एक्लो नरहेको र सामुहिक प्रयास भइरहेको उल्लेख गरे । उनले आगामी दिनमा बाढी प्रभावित क्षेत्रका विद्यालयहरुको पुनःनिर्माणका सन्दर्भमा हामीले आवाशीयसुविधा र विद्यालय बस सुविधासहितका ठूला विद्यालयको अवधारणा अनुसार अगाडि बढ्दा उपयुक्त हुनसक्ने धारणा राखे । 

शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले अन्य देशहरुले यस्तो विपद्को समयमा त्यहाँको समुदायको पुनःस्थापनाका लागि के कस्ता प्रयास गरेका थिए भन्ने अनुभवले हामीलाई यस क्षेत्रमा काम गर्नका लागि सहयोग पुग्ने भएकाले सोका लागि पनि क्लस्थटरका प्रतिनिधिहरुलाई आवश्यक अध्ययन गर्नहुन अनुरोध गरे।

शिक्षा मन्त्रालयका प्रवक्ता एवं सहसचिव श्रीचन्द्र भट्टराईले विकास साझेदारबाट हुने सहयोगमा दोहोरोपन नआउने गरी सरकारी निकायसँग प्रभावकारी समन्वय आवश्यक रहेको बताए। 

c7df0a00-7701-405c-be85-3b17260bcba9

शिक्षा विभागका निर्देशक निलकण्ठ ढकालले प्रस्तुत गरेको प्रारम्भिक तथ्यांकअनुसार बाढीबाट २५१ विद्यार्थी तथा शिक्षक प्रभावित भएका छन् । विवरणअनुसार २१७ विद्यार्थी र १५ शिक्षक सम्पर्कविहीन छन् । त्यस्तै, १७ विद्यार्थी र एक शिक्षकलाई बाढीले बगाएको तथा एक विद्यार्थीको अवस्था खुल्न नसकेको जनाइएको छ । प्रभावित विद्यार्थी तथा शिक्षक रसुवा, नुवाकोट र धादिङका शैक्षिक संस्थासँग सम्बन्धित रहेको विभागले जनाएको छ ।

बाढीका कारण सामुदायिक तथा संस्थागत विद्यालयका भवन तथा अन्य भौतिक संरचनामा समेत पूर्ण र आंशिक क्षति पुगेको छ । क्षतिको विस्तृत जिल्लागत विवरण संकलन तथा अद्यावधिक भइरहेको विभागले जनाएको छ । मन्त्रालयले यकिन तथ्यांकका आधारमा राहत, पुनःस्थापना र पुनःनिर्माणका कार्यक्रम अघि बढाउने जनाएको छ । 

शिक्षा विभागले उपलब्ध गराएको हालसम्मको तथ्याङ्क अनुसार हालै आएको बाढीका कारण विद्यार्थी र शिक्षकसमेत ठूलो संख्यामा प्रभावित भएका छन् । बाढीबाट २५१ विद्यार्थी तथा शिक्षक प्रभावित भएका छन् ।

विभागका निर्देशक निलकन्ठ ढकालले प्रस्तुत गरेको तथ्यांकअनुसार २१७ विद्यार्थी र १५ शिक्षक सम्पर्कविहीन रहेको उल्लेख छ । त्यस्तै, १७ विद्यार्थी र एक शिक्षकलाई बाढीले बगाएको विवरणमा उल्लेख गरिएको छ । एक विद्यार्थीको अवस्थाबारे भने विवरण खुल्न नसकेको जनाइएको छ ।

बाढीबाट प्रभावित विद्यार्थी तथा शिक्षकमा रसुवा, नुवाकोट र धादिङ जिल्लाका शैक्षिक संस्थासँग सम्बन्धित व्यक्तिहरू छन्। बाढीका कारण शैक्षिक क्षेत्र प्रभावित भएको देखिएको छ ।

बाढीले शैक्षिक संस्थाका भौतिक संरचनामा समेत क्षति पु¥याएको छ । प्राप्त विवरणमा सामुदायिक तथा संस्थागत विद्यालयका भवन तथा अन्य भौतिक संरचनामा पूर्ण र आंशिक क्षति भएको उल्लेख छ ।

प्रारम्भिक विवरणअनुसार केही सामुदायिक तथा संस्थागत शैक्षिक संस्थामा पूर्ण क्षति पुगेको छ भने केहीमा आंशिक क्षति भएको छ । तर जिल्लागत रूपमा कुन संस्थामा कति क्षति भयो भन्ने विस्तृत विवरण भने अझै संकलन तथा अद्यावधिक भइरहेको विभागले जनाएको छ । बाढीबाट विद्यार्थी, शिक्षक तथा शैक्षिक संस्थामाथि परेको क्षतिको यकिन विवरण संकलन गरी राहत तथा पुनःस्थापनाको कामलाई प्रभावकारी बनाइने जनाइएको छ ।