उर्लाबारीः मोरङको उर्लाबारी–७ स्थित नमूना बाल गृहलाई उर्लाबारी परिवार हङकङले १ लाख ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।
उर्लाबारी– ७ का वडाध्यक्ष वीरबल थापा, उर्लाबारी परिवार हङकङका निवर्तमान अध्यक्ष विकास सुब्बा र सल्लाहकार पूर्ण वाइबाले संयुक्त रूपमा बालगृहका अध्यक्ष मीना बराललाई सो रकम हस्तान्तरण गरे ।
भवन निर्माणका लागि उक्त रकम उपलब्ध गराएको अध्यक्ष सुब्बाले बताए । वि. सं २०५७ सालमा महिला विकास तथा बालबालिका चेतना केन्द्रद्वारा स्थापित सो बालगृहमा हाल २२ जिल्लाका ४६ बालबालिकाले आश्रय लिएको बरालले बताइन् ।