सङ्खुवासभाः सङ्खुवासभाको चैनपुर नगरपालिका–६ सिम्लेमा वरको रुखको हाँगा काट्ने क्रममा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन ।

सार्वजनिक स्थलमा रहेका वरको रुखले समाजमा असर पुर्याएको भनेर गाउँसमाजको उपस्थितिमा वरको हाँगा काट्ने निर्णय भएको थियो । त्यसपछि हाँगा काट्न रुख चढेका ४० वर्षीय पासाङ शेर्पा र २८ वर्षीय सन्चकुमार हाँगा काट्ने क्रममा रुखबाट लडेर घाइते भएका थए ।

उनीहरूलाई उपचारको लागि चैनपुर अस्पताल लगिएको थियो । चैनपुरमा उपचार हुन नसकेपछि उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लाने क्रममा पासाङ शेर्पाको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।