दुहबीः सुनसरीको दुहबी नगरपालिकाको शहरीकरण गर्न २ अर्ब बजेट विनियोजन गरिने शहरी विकास मन्त्री इस्तियाक रैनले बताएका छन् ।

दुहबी–४ स्थित मदरसा इस्लाहुल मुस्लमिनको आयोजनामा भएको मुस्लिम अगुवा भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । सो अवसरमा मन्त्री रैनले मुस्लिमको चाडबाडमा कटौती गरिएको बिदालाई कटौती गर्न नदिइने बताए ।

मदरसा इस्लाहुल मुस्लमिन दुहबीका अध्यक्ष मुस्तकिम रैनको अध्यक्षतामा भएको सो कार्यक्रममा समाजवादी युवा फोरम १ नम्बर प्रदेश संयोजक रन्जित गोस्वामी, सङ्घीय समाजवादी फोरम दुहबीका अध्यक्ष दीपक विश्वास, मुस्लिम अगुवा, जनप्रतिनिधि, स्थानीय सङ्घ संस्थाका प्रतिनिधि, प्रहरीलगायतको उपस्थिति थियो ।