काठमाडौंः  कुवेतमा झन्डै २ सय विदेशी कामदार रहेको एउटा भवनमा बुधबार बिहानै आगलागी हुँदा ४८ भन्दा बढी व्यक्तिको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् । आगलागीमा परी कुवेतको एनबीटीसी कम्पनीमा कार्यरत ४८ आप्रवासी श्रमिकको मृत्यु भएको हो ।

कुवेत सहरको दक्षिणमा पर्ने मंगाफ क्षेत्रमा आगलागी हुँदा ४३ जना घाइते भएको कुवेतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मंगाफ भवनमा आगलागीमा परी ४८ जनाको मृत्यु भएको र अधिकांश भारतीय मजदुर रहेका बताइएको छ ।

दमकल विभागले मृतक र घाइते व्यक्तिहरूको पहिचान गरिरहेको छ । ६ तलाको भवनमा १ सय ९६ जना कामदार बस्दै आएका थिए । कतिपय मृतकको पहिचान बायोमेट्रिक फिंगरप्रिन्टिङ वा डीएनए प्रयोग गरेर फरेन्सिक गरिने जनाएको छ । आगलागीलगत्तै कुवेतका उपप्रधानमन्त्री तथा रक्षामन्त्री शेख फहाद युसेफ साउद अल–सबाहले स्थलगत अवलोकन गरेका थिए ।

अझै अन्तिम तथ्यांक आउन बाँकी नै रहेको छ । अधिकारीहरूले आगो नियन्त्रणमा लिएको र के कारणले आगो लागेको भन्ने’दयगत अनुसन्धान भइरहेको बताए । भवनका मालिक, चौकीदार र सो भवनमा बस्ने कामदारहरूका लागि जिम्मेवार कम्पनीका मालिकलाई पक्राउ गर्न प्रहरीलाई आदेश दिइसकिएको जनाएको छ ।

सैबीच, कुवेतका लागि भारतीय राजदूत डा आदर्श स्वैकाले अल–अदान अस्पतालको भ्रमण गरेर उपचाररत ३० भन्दा बढी घाइते भारतीय कामदारको स्वास्थ्य’दयगत जानकारी लिएका छन् । उनले धेरै बिरामीलाई भेटेर दूतावासबाट पूर्ण सहयोग गर्ने आश्वासन दिए । सबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

नेपाली श्रमिकको विवरण लिने काम भइरहेको छ - प्रथम सचिव

कुवेतको माग्फास्थित एक लेवर क्याम्पमा भएको भीषण आगलागीमा परी घाइते भएका दुई नेपाली अस्पतालमा भर्ना भएको र अर्का एक नेपाली अस्पतालबाट डिस्चार्ज भएको एवं दुईजना नेपाली क्याम्पमै सुरक्षित रहेको नेपाली दूतावास कुवेतका प्रथम सचिव तथा सूचना अधिकारी प्रेमराज गौतमले जानकारी दिए । दूतावासका प्रथम सचिव सुजन बिडारी र श्रम सहचारी गिरी आचार्यले अस्पताल पुगेर घाइतेलाई भेटेका थिए । थप विवरण संकलन भइरहेको सूचना अधिकारी गौतमले बताए ।

नेपाली श्रमिकको विवरण लिने काम भइरहेको कुवेतस्थित नेपाली दूतावासका प्रथम सचिव तथा सूचना अधिकारी प्रेमराज गौतमले जानकारी दिएका छन् । आगलागीको घटना थाहा पाउने बित्तिकै दूतावासका कर्मचारी पनि त्यहाँ पुगेर विवरण लिने काममा खटिरहेको सूचना अधिकारी गौतमले बताए ।

अहिले कुवेतमा क्रियाशील नेपाली संघसंस्थाका प्रतिनिधि पनि घटनास्थलमा पुगेर नेपाली श्रमिकहरू परे नपरेको ’दयगत विवरण लिइरहेका छन् । अधिकांश भारतीय कामदारको मृत्यु भएको भनिए तापनि अन्य कामदार कुन मुलुकका हुन् भन्ने ’दयगत केही खुलाएको छैन ।

‘अहिले ठ्याकै भन्न सकिने अवस्था छैन दूतावासका सरहरू घटनास्थल पुग्नुभएको छ,’ उनले राजधानीसँग भने, ‘त्यो कम्पनीको भवनमा नेपाली रहेको भन्ने जानकारी आएको छ, के कति जना थिए भन्ने चाहिँ यकिन भएको छैन ।’ विवरण आउने बित्तिकै अपडेट गर्ने उनले बताए । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।