धरानः नेपाली कांग्रेसले आदिवासी जनजाति सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेसको भातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका नेता कार्यकर्ताहरुलाई लक्षित गरेर नेपाली कांग्रेस क्षेत्र नं. १ सुनसरीले आदिवासी जनजाति अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम गरेको हो । 

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका केन्द्रीय सदस्य तथा संगठन विभाग प्रमुख जगत बरामले सहभागी एवम् प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिएका थिए । बराम आदिवासी जनजातिहरुको साझा संगठन नेपाल आदिवासी जनजाति महासंघका निर्वतमान केन्द्रीय अध्यक्ष समेत हुन् । उनले अन्तराष्ट्रिय श्रम संगठन (आई.एल.ओ. १६९), संयुक्त राष्ट्र घोषणा–पत्र २००७, स्वतन्त्र पूर्व सुूसुचित सहमति (एफ.पि.आई.सी.), नेपालको संविधान र कानुनमा भएको आदिवासी जनजाति सम्बन्धि व्यवस्था तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, आदिवासी जनजाति आयोग, थारु आयोग लगायतका विषयमा प्रशिक्षण दिएका थिए । 

नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुजेन्द्र तामाङले नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ नामक भातृ संस्थाको गठन, उद्देश्य, भूमिका र महत्ववारे सहजीकरण गरेका थिए भने नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका क्षेत्रीय सदस्य निर्मला राईले प्रशिक्षणउपर आप्mनो अनुभव राखेका थिए । उनी लगायत सहभागीहरुले प्रशिक्षण कार्यक्रम अत्यन्तै फलदायी रहेको, धेरै कुरा जान्न, बुभ्mन र सिक्न पाएकाले संगठन गर्न सजिलो हुने प्रतिक्रिया दिएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश सदस्य अन्जना राई, नगर सभापति श्याम पोखरेल, महाधिवेशन प्रतिनिधि ललिता शर्मा अधिकारी, क्षेत्रीय सहसचिव सुमित राई, प्रदेशसभा १(१) कोषाध्यक्ष रमिना सुब्बा गुरुङ, नगर सचिव जितेन्द्र राई, क्षत्रीय सदस्य शोभा सुनुवार, प्रदेशसभा १(२) सदस्य सुरेन्द्र राई, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका क्षेत्रीय सभापति दिनेश खम्वु राई, प्रदेशसभा १(१) सभापति केशव राई, नगर सभापति कृष्णकुमार राई (भुपाल) लगायतको उपस्थिति रहेको थियो ।