इटहरीः नेपाल किक बक्सिङ संघ काठमाण्डौको आयोजनामा दोश्रो मंगलादेबी राष्ट्रिय किक बक्सिङ प्रतियोगिता आयोजना हुने भएको छ ।  २०८१ साल जेठ महिनाको ११ र १२ गते दुई दिन सम्म आयोजना हुने किक बक्सिङ प्रतियोगितामा महिला र पुरूष दुवै तर्फ खेल काठमाण्डौको घट्टेकुलोमा आयोजना हुने छ ।  

प्रो फाईट तर्फ बिजेताले नगद पचाँस हजार र उप बिजेताले तीस हजार प्राप्त गर्ने तथा एमेच्योर विधा तर्फ पहिलो हुनेले नगद पच्चिस हजार दोश्रो हुने ले पन्ध्र हजार र तेश्रो स्थान हासिल गर्नेले नगद आठ हजार प्राप्त गर्ने छन् ।  उत्कृष्ट महिला र पुरुष खेलाडीले समेत नगद दुई हजार प्राप्त गर्ने छन् । 

कार्यक्रम सुरुहुनु भन्दा १ दिन आगाडी रेफ्री सेमिनार समेत आयोजना हुने अन्तराष्ट्रिय रेफ्री बिन्दा नेपालीले जानकारी गराएका छन् ।