पथरीः मोरङको पथरी शनिश्चरे वडा नम्बर ९ महेन्द्र चोकमा मापदण्ड विपरित पेट्रोल पम्प निमार्णका हुदै आएको छ । पम्प निमार्णका लागि नगरले नै नक्सामा र फिल्डमा भएको बाटो छैन भनि सिफारिस दिएको फेला परेको छ ।

पेट्रोल पम्प निर्माण सुरु भए संगै बाटो बन्द भएपछि स्थानीयले सास्ती बेहोर्न थालेका छन । भईरहेको बाटो नगर र पम्प संचालकले बाटो छैन भने पनि पथरी शनिश्चरे वडा नम्बर ९ का वडाध्यक्ष विरबहादुर राईले बाटो भएको दावि गरेका छन । वडाध्यक्ष राईले भने सर्वसाधारणले आवत जावतका लागि प्रयोग गर्दै आएको बाटो बन्द गर्न नहुने,नगरको कुन कर्मचारीको आँखा फुट्यो र त्यहाँ बाटो देखेन रु उनले प्रश्न गरेका छन ।

वडाध्यक्ष राईका अनुसार वडाले दुई बर्ष अघि उत्त बाटोको स्त्तरोन्नति गर्ने भन्दै दुई लाखमा ग्राभेल गरेको थियो । पम्प संचालनका लागि बाटो नभएको सिफारिस बनाउन कागजात आएको थियो, मैले सिफारिस नै जफत गरेर राखेको छु । म जनताको प्रतिनिधी हुँ भएको बाटो छैन भन्न सक्दिँन वडाध्यक्ष राईले भने ।

यता प्रमुख प्रशासकिय अधिकृत शशि राई भने आफुलाई उत्त विषयमा कुनै जानकारी नभएको बताए । उनले भने “के रहेछ म बुझछु” । सर्जमिन गर्न गएका नगरका योजना र वातावरण सरसफाई शाखाका फोहोेरमैला व्यवस्थापक साथै घर नक्साको जिम्मा पाएका सुरेन्द्र कुमार राईलाई बुझ्दा आफु यस विषयमा मिडियामा केहि नबोल्ने बताए । आफुले पम्प संचालकले ल्याएको नक्सा र सिफारिसका आधारमा सर्जमिन गरेको र यो अस्थाई अनुमती दिएको बताएका छन । राईले भने पम्प संचालकले बाटो हैन भनी बन्द गरेको र स्थानीयले कुनै गुनासो वा उजुरबाजुर नगरेका कारण प्रकृया अगाडी बढाएको बताए ।

स्थानीयले भने “यो पथरी शनिश्चरे नगर हो यहाँका कर्मचारी र जनप्रतिनिधीले के गर्न सक्दैन्न रु कर्मचारीले मोटै रकम पाएको हुनुपर्छ नत्र आखाँ अगाडी भएको बाटो किन देखेन्न रु स्थानीय एक युवाले भने “पम्प संचालकले कर्मचारीलाई सेटिङ मिलाएर बाटो छैन भन्नी सिफारिस बनाएका छन । पैसा हुनेको राज रहेछ । यहाँ नगरका कर्मचारीहरु नै बाटो छैन भन्दै सर्जमिन गर्दै आएका थिए हामीले गरेनौँ तर कसरी मिलाएर ल्याए अहिले बाटो बन्द गरेका छन ।”

स्थानीयहरु उत्त बाटो हुदै पथरी शनिश्चरे १० को धिमाल ग्रामथान हुदै डाँस खोला आवतजावत गर्ने गरेका छन । स्थानीयको अनुसार १० बर्ष अघि पम्प संचालकले नै उत्त बाटो खोली प्लटीङ गरेका थिए । बाटो हिड्दै आएका स्थानीहरु पम्प संचालन गर्ने भन्दै एकाएक बाटो बन्द भएको गुनासो गर्छन । पेट्रोल पम्प जग्गाधनी पथरी शनिश्चरे ९ का रणबहादुर गुरुङले संचालन गर्न लागेका हुन । हाल पम्प संचालन गर्नका लागि आवश्यक संरचना निमार्ण हुदै आएको छ । गुरुङले पम्प संचालन गर्ने जग्गा संगै टासिएको दक्षिण पटिको बाटो यतिखेल दिवाल लगाएर छेकेका छन । नगरले नक्सामा रहेको बाटो, गुगल म्याप समेत भएको बाटो छैन भनि सिफारिस दिएको छ । बाटोलाई बाटो नभएको सिफारिस गरे संगै स्थानीयहरुले हिडडुल गर्दै आएको बाटो बन्द भएको छ ।

पम्प संचालन हुने एरियाको उत्तर रेल मार्ग र सरकारी बाटो रहेको छ भने दक्षिण पटि पम्प संगै बाटो रहेको छ । उत्त क्षेत्र पम्पका लागि अपुग भए संगै बाटो मिचिएको स्थानीयको भनाई छ । तर नक्सामा भने फरक देखिएको छ । नक्सामा दक्षिण पटि पम्प र बाटोको बिचमा कित्ता नम्वर ४०३ को लक्ष्मि गुरुङको कित्ता रहेको देखिन्छ ।

यता पम्प निमार्ण कार्यको जिम्मेवारी लिएका डिल्ली भट्टराईले भने सबै जग्गा आफ्नै रहेको र सडक डिभिजन र आयल निगम संग अनुमती लिनका लागि मात्र बाटो बन्द गरेको बताए । उनले भने पम्प संचालन भए संगै बाटो पनि खुल्ने बताएका छन । पथरी शनिश्चरेमा पम्प नहुदा पथरी शनिश्चरे नगर क्षेत्रका यातायात ब्यावसायीहरुले समस्या भोग्दै आएका

छन । लामो समय देखि पम्प संचालन नहुँदा ७ किलो मिटर टाढा उर्लाबारी र २० किलोमिटरमा रहेको बेलबारी जानुपर्ने बाध्यता छ ।