विराटनगरः  कोशी प्रदेशका मुख्यमन्त्री सोमबार आफ्ना नियमित कार्यक्रम सकाएर लोपोन्मुख जाति ‘गन्धर्व’ बसोबास गर्ने झापाको कचनकवल गाउँपालिका २ तर्फ लागे । समस्या नै समस्याले पिल्सिएका गन्धर्व समुदायले झमक्क साँझ परेको बेला आफ्नो वस्तीमा सुरक्षाकर्मीका साथ मुख्यमन्त्रीलाई देखेर अचम्भित हुँदै हतार हतार स्वागत, सम्मानमा जुटे । तर, मुख्यमन्त्री कार्की स्वागत, सम्मानको वास्ता नगरी गन्धर्व वस्ती घुम्न अघि बढे । 

उनी गन्धर्व वस्तीको आगन आगनमा घुम्दै राती ८ बजे शिव गन्धर्वको आगनमा ओछ्याएको म्याटमा पलेटी बाँधेर बसे । त्यतिकैमा गन्धर्व वस्तीका महिला, पुरुष, वृद्ध, वृद्धालगायत बालबालिकाको भिड लाग्यो र उनीहरु खादा लगाएर मुख्यमन्त्रीलाई सम्मान गर्न थाले । मुख्यमन्त्री कार्कीले धेरै सम्मान गर्नु हुँदैन, आज यही खाना खाएर बस्ने बोल्नु भयो । त्यसपछि शिव गन्धर्व र उनकी पत्नीले आगनको ट्यूवेलमा थाल पखालेर खाना पस्केर खान भान्छाकोठामा जान आग्रह गरेपछि मुख्यमन्त्री कार्कीलगायत उनीसँग रहेका सबै जना गएर खाना खाए । 

photo (3)

खानापछी मुख्यमन्त्री कार्कीले गन्धर्व परिवारका सदस्यहरुसँग कुराकानी गर्न थाले । उनीहरुले आफ्ना कथा र व्यथा सविस्तार सुनाए । ‘मुख्यमन्त्रीज्यूले हाम्रा समस्या हामीसँगै बसेर हामीले पकाएको खाएर सुनेर भलाकुसारी गर्नुभयो,’ स्थानीय नरमाया गन्धर्र्वले भनिन, ‘हामीले यहाँ चुनाव जितेपछि नेता देख्न पाउँदैन थियौँ, अहिले त हामीसँगसँगै खाना खाने मुख्यमन्त्रीलाई घरमै भेट्टाएका छौँ ।’ सरकार घरमै आएर आफूहरूका गुनासो सुनिदिएर सहजै समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको देख्दा पत्याउनै गााह्रो भएको उनले सुनाइन् । 

स्थानीयले आफूहरूलाई समाजमा गाइनेको संज्ञा दिइएर हेपिइने गरेको गुनासो गरे । सो जातीको बस्तीको छेवैमा रहेको आदर्श आधारभूत विद्यालयमा रहेको विद्यालयलाई गन्धर्र्व जातीको पहिचान हुने गरिको शिक्षा लागू गराई गिर्दै गरेको शैक्षिक साखलाई फर्काउन, समुदायमा साक्षरता दर वृद्धि गर्नका लागि आवश्यक पहल गरिदिन मुख्यमन्त्री समक्ष स्थानीयको माग रहेको छ । 

photo (2)

स्थानीय शिव गन्धर्व भन्छन्, लोप हुन लागेको सारङ्गी बाजाको संरक्षण हामीले गर्नुपर्दछ । मुख्यमन्त्रीज्यूले यसलाई चासोका साथ लिएर वस्तुस्थिति बुझ्न समुदायमै आएकाले हामी बढी आसावादी छौँ ।’ उनीहरूले लोपोन्मुख जातीको रूपमा गन्दर्भ जातीलाई सूचिकृत गर्न माग गरे । ‘संविधानअनुसार यो जातीलाई लोपन्मूख जातीको रूपमा सूचिकृत गरिएमा हाम्रा अधिकारहरू प्राप्त हुन सहज हुन्छ । पूर्वाञ्चल गन्दर्भ संस्कृति उत्थान समाजका अध्यक्ष रविन गन्धर्वले भने, मुख्यमन्त्रीज्यूको पहिलो हाम्रो समुदायका लागि मुख्यमन्त्रीज्यूको पहिलो निर्णय यही हुने छ ।’

मुख्यमन्त्री कार्कीले सरकार खोज्दै जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्यका लागि आफू यहाँका स्थानीयससंग समस्याको समाधानका लागि संवाद गर्न आफूहरू यहाँ आएको उल्लेख गरे । सरकार पहुँच नहुनेको समेत घरघरमा गएर समस्याको समाधान गर्ने सरकार भएकाले समाजको वर्गलाई समान हैसियतमा ल्याउन मानवीय विकासमा जोड दिएर काम गरिरहेको उनले बताए । 

‘हामी आफैँले आफूलाई स्वीकार गर्न सक्नुपर्दछ उनले भने, आफूले आफूलाई स्वीकार गर्न सकेनौँ भने हामी तलको तलै हुन्छौँ । सरकारले त मानवीय विकासका योजनामार्फत सुरुवात गरिसकेको छ, तपाईँहरू पनि लाग्नूपर्यो, श्रमको सम्मान गर्नुप¥यो ।’ सो ठाउँमा ४९ घरधुरी रहेको गन्दर्भ समुदायको जनसङ्ख्या दुई सय ११ रहेको छ । मुख्यमन्त्री कार्कीले समुदायको उत्थानका लागि प्रर्वधनकको योजना सरकारले ल्याउने बताए । 

photo

सोमबार राती समुदायमा पुगेका मुख्यमन्त्री कार्कीले सामाजिक विभेद अन्त्य र सामाजिक अवस्था, आवश्यकता र अपरिहार्यताको अध्ययनका लागि स्थानीय शिव गन्धर्वको घरमा सोमबार रातीको खाना र बास बसेर सन्देश प्रवाह गरेका छन् । ‘उनले भने, अब मलाई अछुत पनि कसैले भन्छ त, म त तपाईँहरूको मा बसेँ खाना खाएँ, यो विभेद अन्त्यका लागि तपाई हामी नै लाग्नूपर्यो ।’ 

सो क्रममा उनले स्थानीय महिला स्वास्थ्य स्वयंसेविकासँग अन्तरसँवाद गदै हुलाकी सडक अन्तरगत अधुरो अवस्थामा रहेको माई खोलाको पुलको अवलोकन गर्दै मङ्गलवार विराटनगर फर्किएका छन् । पुलको निर्माण कार्यको गति बढाउन सरकारले ताकेता गर्ने उनले बताएका छन् ।