धरानः खानपानमा सतर्कता अपनायो भने र कम्तिमा पनि दिनको १ घण्टा हिड्ने हो भने रक्तचाप लगायत मुटुको रोगबाट बच्न सकिने डा. प्रशान्त शाहले बताए । 

वरिष्ठ मुटुरोग विशेषज्ञ शाहले परिवर्तनका लागि सामाजिक अभियानद्वारा आयोजित निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिकमा सो कुरा बताएका हुन् । विगत ३ वर्षदेखि पाक्षिक रुपमा निरन्तर आयोजना हु“दै आएको सो स्वास्थ्य शिविरमा ६० वर्षभन्दा माथिका जेष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरिने अभियानका अध्यक्ष विष्णु बरालले बताए । 

शिविरमा विशेष गरि मुटुरोग, रक्तचाप र मधुमेहको बिरामीहरुको उपचार हुने गरेको छ । गत शनिवार धरान मोडल कलेजमा सामाजिक स्वास्थ्य क्लिनिकको ५५ औं संस्करण सम्पन्न भएको छ । 

Health (3)

६५ जना बिरामीहरुको स्वास्थ्य परिक्षण गरिएको उक्त शिविरमा वी.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्टाफ नर्स निशा श्रेष्ठ र उषा चौधरीले रक्तचाप र मधुमेह परिक्षण गरेका थिए । शुशिर बरालको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रम लायन्स क्लब अफ धरान विजयपुर युनाईटेडको सहकार्यमा सम्पन्न भएको थियो । 

मोहन श्रेष्ठ, वर्षा श्रेष्ठ, जेनिश शाक्य, हेम ढकाल लगायतका अभियन्ताहरुको सक्रिय सहभागितामा सम्पन्न उक्त शिविरमा औषधि समेत निःशुल्क रुपमा वितरण गरिएको थियो । यस्ता प्रकारको कार्यक्रममा सहकार्य गर्न पाएकोमा लायन्स क्लब अफ विजयपुर युनाईटेडका अध्यक्ष रीता अग्रवालले आयोजक संस्थाप्रति आभार प्रकट गरेकी थिईन । शिविर धरानका विभिन्न वडाहरु, चतरा, इटहरी, इनरुवा र झापा गाउ“पालिकामा समेत सञ्चालन भईसकेको छ ।

Health (7)