इटहरीः इटहरी उप महानगरपालिकाका ३६ जना नगर प्रहरी दीक्षित भएका छन्। आज इटहरी रंगशालामा  आभारभूत तालिममा सहभागी ३६ जना नगर प्रहरीहरुलाई  दीक्षित गरिएको हो।

उनीहरूलाई इटहरी उप( महानगरपालिकाका प्रमुख हेमकर्ण पौडेल, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य इटहरी उप(महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहेता , सुनसरीका प्रहरी प्रमुख बिपिन रेग्मी, शसस्त्र प्रहरीका एसपी लकेस तुम्हाङ्फे , लगायतले दीक्षित गरेका हुन्। 

  ३५ दिन सम्म चलेको तालिममा रामतपेश्वर यादब लगायतका टोलिले प्रशिक्षण गरेका थिए।  तालिमको पहिलो चरणमा नगर प्रहरी परिचय तथा मूल्य शिक्षा र संविधान तथा ऐन नियम, दोस्रो चरणमा सुरक्षा तथा नगर प्रहरी कार्य र भिड व्यवस्थापन र तेस्रो चरणमा स्थानीय निकायको काम कर्तव्य र अधिकारका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

16b9ba2b-85d4-4ed8-96a5-9a5eb356f143

दीक्षान्त समारोहमा नगर प्रहरीहरूले राष्ट्रिय सलामी अर्पणसहित कवाज समेत प्रदर्शन गरेका छन्। उनीहरूलाई इटहरी उप महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहेताले शपथ गराएका छन्। नगर प्रहरीलाई दिक्षान्त समाहारोमा दर्जेृनी चिन्ह प्रदान गरेको छ ।  उनीहरूलाई दीक्षित गर्दै  उप महानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले नयाँ नगर प्रहरीहरूको आवागमनले नगर प्रहरीलाई थप सशक्त बनाएको बताए। जनशक्तिका हिसाबले नगर प्रहरीको संख्या बढ्नुका साथै समग्र इटहरी उप महानगरपालिकाको सुव्यवस्थामा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे। उपमहानगर प्रमुख पौडेलले बजार व्यवस्थापनमा नगर प्रहरीको भूमिका अझ सशक्त बनाएर लैजान उहाँले निर्देशन समेत दिएका पौडेलले बताए । नगर प्रमुख पौडेलले  जुनसुकै काम कर्तब्य गर्दा बिधिलाई मान्ने र ब्यत्तिलाई नमान्न आग्रह गरेका छन ।

99e37177-594b-4fa9-bd0d-d31bb782cff5

  उप महानगरपालिका नगर कार्यपालिकाको कार्यालय पदपूर्ति समितिको निर्णयअनुसार नगर प्रहरीका बिभिन्न   पदमा सेवा करारका लागि उपमहानगरपालिकाले गत २०७९ असोज २१ गते  इन्स्पेक्टर सहित दुइ सई, ३ जना असई , ४ जना हवल्दार सहित २७ जना नगर प्रहरी जवानका लागि दरखास्त आह्वान गरेको थियो। सो दरखास्त अनुसार छनौट भई ३५ दिनको आधारभूत तालिममा सहभागी ३६ जना नगर प्रहरीहरू दीक्षान्त पश्चात् कार्यक्षेत्रमा खटिने छन्।

0a06f94c-d089-4d77-8a41-94889313c83f

 नगर प्रहरीलाई उप महानगरपालिकाको सम्पत्तिको सुरक्षा र संरक्षण, उप महानगरमा हुने विभिन्न सभा समारोह, स्थानीय जात्रापर्वहरूको सुरक्षा व्यवस्थापन, उपमहानगर क्षेत्रको पार्किङ स्थलको रेखदेख तथा व्यवस्थापन, सरसफाइ सम्बन्धी मापदण्डको कार्यान्वयन, न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णयको कार्यान्वयन, सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण, विपद् व्यवस्थापन, छाडा पशुको नियन्त्रण, अनधिकृत निर्माणमा रोक लगायतका जिम्मेवारीहरू तोकिएका छन्।

तालिम अबधीभर उत्कृष्ट रितु चौधरी , बिक्रम चौधरी, निता राई, कवाज तर्फ निमा तामाङ,  पुस्कर निरौला पुरस्कृत भएका हुन ।

0a826830-e312-4ce1-b617-a7b9b2ccce64

ad080bc9-7229-459f-8cd7-944a4d4dd7d7

4ef362f1-4036-4c66-acf8-7b14f7491456