उदयपुरः ६० बर्षीय श्रीमान्को हत्या गरि घर नजिकै खाल्डोमा पुर्ने श्रीमतिलाई उदयपुर प्रहरीले मंगलबार बिहान पक्राउ गरेको छ । 

उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ५ दमौटीमा निवासी नीरमायाले  ६० वर्षीय श्रीमान श्याम राईको ३ दिनअघि हत्या गरि घर नजिकै खाल्डोमा पुरेकी थिइन । 

शव पुरिएको अवस्थामा खाल्डोभित्र गाडिएको अवस्थामा बिहान ७ बजे फेला परेको हो । जनप्रतिनिधि (वडा सदस्य) कुवेरकुमार मगरका अनुसार  खाल्डोभित्र भेटिएका श्याम तीन दिनदेखि सम्पर्कबिहीन थिए । गाउँमा हल्लीखल्ली भएपछि गाउँले खोजतलासमा जुटेको वडा सदस्य मगरको भनाई छ ।

 उनका अनुसार घटनास्थल पुगेको प्रहरीसामु श्रीमति नीरमायाले  आफूले नै श्रीमान्को हत्या गरेको स्वीकार गरेकी छन ।

यता घटनामा संलग्न रहेको आरोपमा मृतक श्यामका श्रीमति नीरमायालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शव भने पोस्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुरतर्फ ल्याइएको छ । हत्या के कति कारणले गरिएको हो ? छानविन थालिएको उदयपुर प्रहरीले जनाएको छ ।